Thursday, October 30, 2025
spot_img

काँकरभिट्टा नाकाबाट तीन अर्बको पेट्रोलियम पदार्थ आयात

spot_img

Share

spot_img

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट करिब रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ । यस अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयात रकम रु १० करोड ६१ लाख २८ हजार अर्थात् ३.६० प्रतिशतले घटेको छ। तर, राजस्व भने रु ६४ लाख तीन हजार (०.५० प्रतिशत) ले बढेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार साउन–भदौ महिनामा मात्रै पेट्रोलियम पदार्थ आयातबाट रु एक अर्ब ३९ करोड ८६ लाख ३० हजार राजस्व संकलन भएको छ ।

उक्त अवधिमा रु १ अर्ब ४२ करोड ७२ लाख बराबरको १६ हजार ३५२ किलोलिटर पेट्रोल, रु ८४ करोड ४२ लाख बराबरको ९ हजार ४ किलोलिटर डिजेल , रु ४० करोड ४९ लाख बराबरको ४ हजार २३३ मेट्रिक टन एलपी ग्यास , रु १३ करोड २८ लाख बराबरको १ हजार ४८८ किलोलिटर एटिएफ र रु २ करोड २२ लाख बराबरको २४८ किलोलिटर मट्टितेल आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img