Wednesday, October 29, 2025
spot_img

वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको छ : उर्जामन्त्री खड्का

spot_img

Share

spot_img

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको बताए । मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुगेका मन्त्री खड्काले वडा वडासम्म मौसम पूर्वानुमान सूचनालाई सम्प्रेषण गर्नेगरी विभागले काम गरिरहेको बताएका हुन् ।

“गत वर्षभन्दा यसवर्ष धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ, मौसम पूर्वानुमान प्रणालीलाई वडा तहसम्म पुर्याउन सकिए विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्छ भन्ने हो, त्यसका लागि मन्त्रालय र विभागले काम गरिरेहको छ,”– मन्त्री खड्काले भने ।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने बताए । उनले गण्डकी तथा लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए ।

महानिर्देशक जोशीले कृषकका लागि साप्ताहिक रुपमा कृषि मौसम पूर्वानुमान प्रणालीबारे जानकारी दिँदै आएको बताए । उलेन यो वर्ष एक हजार ५०० मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको समेत उल्लेख गरे । उनले वर्षाद्बाट हुने क्षति न्यूनीकरणका लागि समयमै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारीलगायतलाई जानकारी गराउँदै आएको बताए ।

उनले विभागको कार्यालयमा स्थलगत रूपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएकामा खुसी व्यक्त गरे । महानिर्देशक जोशीले उपलब्ध प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने समेत बताए । अवलोकनका क्रममा उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडीलगायतको सहभागीता रहेको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img