Wednesday, October 29, 2025
spot_img

विश्व बैंकद्वारा नेपालको विद्युत् र सिँचाइ क्षेत्र सुधार गर्न २५ करोड ७० लाख अमेरिकी डलर स्वीकृत

spot_img

Share

spot_img

काठमाडौँ । विश्व बैंकले नेपालको विद्युत् र सिँचाइ सेवा सुधार गर्न २५ करोड ७० लाख अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको छ । मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको हो ।

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिँचाई सेवामा सुधार गर्न उक्त परिमाणको ऋण उपलब्ध गराउन लागेको जानकारी दिएको छ । विज्ञप्तिअनुसार विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर र रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरण (फेज–३) का लागि १३ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत भएको छ ।

विद्युत् वितरण प्रणाली सुधार आयोजनाका लागि स्वीकृत भएको रकमबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चालन हुने आपूर्ति प्रणाली सुधार परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा त्यसको निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने उद्देश्य राखिएको जनाइएको छ ।

रानी जमरा कुलरिया सिंचाई आयोजनाले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको छ । यो परियोजनाबाट थप १७ हजार ५०० हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पुर्याइने र यसबाट करिब १ लाख ६० हजार मानिस लाभान्वित हुने विश्वास गरिएको छ ।

नेपालको दिगो विकासको लागि निर्बाध बिजुली आपूर्ति र पर्याप्त, वर्षभरि सिँचाइ सेवाहरू आधारभूत इनपुट रहेकाे माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री डिभिजन निर्देशक डेभिड सिस्लेनले बताए ।
spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img