Wednesday, October 29, 2025
spot_img

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाः कमजोर कार्यान्वयन क्षमताको शिकार

spot_img

Share

spot_img

काठमाडौँ । सरकारले उच्च महत्व दिएर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति औसतभन्दा पनि कमजोर देखिएको छ । मुलुकको आर्थिक विकास र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ सरकारले बढाएका राष्ट्रिय गौरवका आयोजनामध्ये केही सम्पन्न भइसकेको छन् भने केही सुरु नै हुन सकेका छैनन् । जसमध्ये सिँचाइ आयोजनाको काम कछुवा गतिमा अघि बढेको छ ।

जलस्रोत तथा सिँचाइ विभागका अनुसार नेपालको कुल क्षेत्रफल १ करोड ४७ लाख १८ हजार १ सय हेक्टरमध्ये ३५ लाख ५७ हजार ७ सय हेक्टर जमिन कृषियोग्य छ । तर, सतह र भूमिगत जलस्रोतबाट अहिलेसम्म २५ लाख ३६ हजार ३ सय १९ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । यसमा पनि परम्परागत सतह र भूमिगत जलस्रोतको भूमिका बढी छ ।

सिक्टा सिँचाइ आयोजना

आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य लिइएको सिक्टा सिँचाइ आयोजना ४२ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने छ । यस आयोजनाको २०८१ फागुनसम्म भौतिक उपलब्धि ४२ प्रतिशत रहेको छ ।

२०८१ को फागुनसम्म पुलसहितको ३१७ मिटर लामो ब्यारेज, ४५.२५ किलोमिटर लामो डेसिल्टीङ बेसिनसहितको पश्चिम मुल नहर, पूर्वी मुल नहरको ५३.५ किलोमिटरमध्ये चैनेज ३७+६७५ सम्म मुल नहर निर्माण कार्य सम्पन्न भएको छ ।

यसैगरी, सामाजिक सरोकार अन्तर्गतका कार्यहरूमा परुवा बाँध निर्माण सम्पन्न र नहरबाट सतह सिँचाइ सम्भव नहुने स्थानमा नमुना आयोजनाको रूपमा लिफ्ट सिँचाइ योजना निर्माण सम्पन्न हुने चरणमा रहेको छ । हाल पश्चिम मुल नहरमा सामान्य मर्मत सम्भार गरी सहज रुपले पानी सञ्चालन भएको छ भने पुरानो डुन्डुवा सिँचाइ प्रणालीसमेतबाट गरी करिब १७ हजार हेक्टर र पूर्वतर्फ करिव ४,००० हेक्टर गरेर कुल २१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

रानी जमरा कुलेरिया सिँचाइ आयोजना

आर्थिक वर्ष २०८५/८६ मा सम्पन गर्ने लक्ष्य लिइएको यस आयोजनाले ३८ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिचाइ सुविधा पुर्याउनेछ । २०८१ फागुनसम्म भौतिक प्रगति ७६.१० प्रतिशत रहेको छ ।

मूल इन्टेकको निर्माण कार्य, डिसेटलिङ बेसिन निर्माण कार्य, फिडर क्यानल निर्माण कार्य, मूल नहरमा गेट जडानको कार्य, १४ किलोमिटर लामो लम्की शाखा नहर परीक्षण कार्य सम्पन्न भएको छ । विद्युत गृह निर्माण कार्य, सिभिल कार्य, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यह, ६.५ कि.मि प्रसारण लाइन सम्पन्न भइ ४.७१ मेगावाटको जलविद्युत उत्पादन भएको छ। साथै, कृषि ग्रामीण सडक १२० कि.मी. स्तरोन्नति कार्य तथा पथरैया नदीमा तीन वटा पुल निर्माण कार्य सम्पन्न भएको छ ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना

आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाबाट सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिका ११ चिप्ले स्थित भेरी नदीबाट १२.२ कि.मी. लामो सुरुङ्ग मार्फत ४० घनमिटर प्रति सेकेन्ड पानी भेरीगङ्गा न.पा.५ बबई नदीमा खसाल्ने लक्ष्य रहेको छ । आयोजना सम्पन्न भएपछि ४६.८ मेगावाट विद्युत उत्पादनका साथै बबई नदीमा उपलब्ध हुने थप पानीबाट बर्दिया स्थित बबई आयोजनाको बाँधको उपयोग गर्दै बर्दिया र बाँके जिल्लाका करीव ५१ हजार हेक्टर भूमिमा वर्षेभरी सिँचाइ सुविधा उपलब्ध हुनेछ । २०८१ फागुनसम्म यस आयोजनाको भौतिक प्रगति ६७.५ प्रतिशत पुगेको छ ।

महाकाली सिँचाइ आयोजना

आर्थिक वर्ष २०६३/६४ बाट शुरू भएको यस आयोजना आर्थिक वर्ष २०७७/७८ मा पुनर्तालिकीकरण भई २ चरणमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०८२/८३ सम्म पहिलो चरण र आर्थिक वर्ष २०८२/८३ देखि आर्थिक वर्ष २०८७/८८ दोस्रो चरण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

२०८१ फागुनसम्म आयोजनाको भौतिक प्रगति २४.२२ प्रतिशत हासिल भएको छ । २०८१ फागुनसम्म मूल तथा शाखा नहर निमार्ण कार्यका लागि १०५ हेक्टर जग्गा अधिग्रहण कार्य सम्पन्न भएको, डिसिल्टिङ्ग बेसिन तथा ३५१.९० मी. स्केप क्यानल निर्माण कार्य सम्पन्न भएको छ भने मूल नहर ३० कि.मि. र शाखा नहर करिब १२ कि.मि. सम्पन्न भएको छ । साथै, नहर साइफन १६, ड्रेन साईफन २४, राजमार्ग पुल ३, सडक पुल २, भिआरबी, ३९, एडुडक्ट ३, स्क्याप ३ र एचआर/सिआर २१/६ सम्पन्न भएका छन् । हालसम्म २१.५० कि.मि. तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

आर्थिक वर्ष २०७६/७७ मा शुरू भई आर्थिक वर्ष २०८५/८६ सम्ममा यस आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस आयोजनाको मुख्य उद्देश्य बागमती सिंचाइ योजनाको ४५ हजार ६ सय हेक्टर सिञ्चित क्षेत्र र बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको कृषियोग्य जमिनसमेत गरी १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुन्याउनु रहेको छ ।

साथै, बहुउद्देश्यीय आयोजनाको रूपमा रहेको यस आयोजनाबाट ३१.०७ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्यसमेत रहेको छ । यस आयोजनाको २०८१ फागुनसम्मको भौतिक उपलब्धि ३५.३८ प्रतिशत रहेको छ ।

हालसम्म रामेछाप जिल्ला र सिन्धुली जिल्लाको डुवानमा पर्ने जग्गामध्ये ४६.६१ हेकटर जमिनको मुआब्जा वितरण भएको छ। त्द्यः मेसिनबाट १३.३.कि.मि. सुरुङ निर्माण कार्य सम्पन्न भएको छ भने हेडवक्र्सर विद्युतगृह निर्माण कार्यको उपलब्धि ७.४० रहेको छ ।

बबई सिँचाइ आयोजना

आर्थिक वर्ष २०४५/४६ मा शुरू भई आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाबाट बर्दिया जिल्लाको ३६ हजार हेक्टर (पूर्वतर्फ २१ हजार हेक्टर र पश्चिमतर्फ १५ हजार हेक्टर) कृषियोग्य भूमिमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ । यस आयोजनाको कार्यान्वयनबाट आयोजना क्षेत्रमा कृषि उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धि गर्ने उद्देश्य रहेको छ ।

यस आयोजनाको कुल सिञ्चित क्षेत्रफल ३६ हजार हेक्टर मध्ये हालसम्म निर्मित संरचनाबाट पूर्वतर्फ १७ हजार हेक्टर र पश्चिमतर्फ ९ हजार हेक्टर गरी २६ हजार हेक्टर सिञ्चित क्षेत्रफलमा सिंचाइ सुविधा पुगिसकेको छ । २०८१ फागुनसम्मको भौतिक उपलब्धि ७५.५२ प्रतिशत रहेको छ । चालु प्रगति ४९.१८ प्रतिशत उपलब्धि हासिल भएको छ । आर्थिक वर्षको फागुनसम्म वार्षिक लक्ष्यको भौतिक प्रगति ४९.१८ प्रतिशत उपलब्धि हासिल भएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img