Wednesday, October 29, 2025
spot_img

सिनर्जी पावरले मध्य हाेङ्गु ‘ए’ र ‘बी’ मा लगानी गर्दै

spot_img

Share

spot_img

काठमाडाैँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले दुई वटा हाइड्रो पावर आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले मध्य होंगु खोला ‘ए’ र मध्य होंगु खोला ‘बी’ मा लगानी गर्ने निर्णय गरेकाे हाे ।

कम्पनीको मंगलबार साँझ बसेको संचालक समितीको बैंठकले दुई आयोजनामा २५ करोड रुपैयाँ बराबरको शेयर लगानी गर्ने निर्णय गरेको । कम्पनीले एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ११ लाख कित्ताले हुन आउने ११ करोड रुपैयाँ र गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडमा १४ लाख कित्ताले हुन आउने १४ करोड रुपैयाँ शेयर लगानी गर्ने निर्णय गरेको हो ।

सिनर्जीले यसअघि नै एपेक्समा ४४ करोड २७ लाख ४४ हजार रुपैयाँको शेयर लगानी गरिसकेको छ। अहिले थप ११ करोड लगानी गर्ने निर्णय गरेसँगै एपेक्समा सिनर्जीको कुल शेयर लगानी ५५ करोड २७ लाख ४४ हजार पुग्ने छ ।

दुवै आयोजनाबाट यसै आर्थिक वर्षमा विद्युत उत्पादन सुरु हुने बताईएको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img