Wednesday, October 29, 2025
spot_img

पशुपति रिन्यूबल्सको १० मेगावाटको धरमनगर–१ सोलार परियोजनालाई अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र

spot_img

Share

spot_img

काठमाडौँ । पशुपति रिन्यूबल्स लिमिटेडले निर्माण सम्पन्न गरेको १० मेगावाटको सौर्य परियोजनाले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (International Renewable Energy Certificate I–REC) पाउन सफल भएको छ ।

नेपालको पहिलो सौर्य आयोजनाको रूपमा धरमनगर सोलार फार्म–१ परियोजनाले अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र प्राप्त गरेको हो । यसअघि जलविद्युततर्फको टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र पाएको थियो ।

धरमनगर–१ परियोजनाले वार्षिक २०.१ गिगावाट घन्टा विद्युत् उत्पादन गर्नेछ । यसैगरी, कम्पनीले अघि बढाएको १५ मेगावाटको धरमनगर सोलार फार्म–२ परियोजना पनि सूचिकृत हुने प्रक्रियामा रहेको छ ।

यो दुवै आयोजना कपिलवस्तुको शिवराज नगरपालिका–६ मा अवस्थित छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img