Sunday, October 5, 2025
spot_img

आजदेखि सुरु हुने १७औँ नाडा अटो शो प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

spot_img

Share

spot_img

काठमाडाैँ । १७औँ संस्करणको नाडा अटो शो आजदेखि सुरु हुँदै छ । राजधानीको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने नाडा अटो शो २०२५ भदौ ३ (मंगलबार) गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ । याे शाे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेकाे हाे ।

हालसम्मकै भव्य रूपमा मनाउने लागिएकाे याे प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी गरिएको छ । बिहान १० बजे हुने उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपालकै पहिलो उड्ने ट्याक्सी (ईभीटोल) सार्वजनिक गर्नेछन् ।

यो ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) एमएडब्लू वृद्धिले चिनियाँ अटो निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपाल ल्याएको हो । उक्त प्रदर्शनीमा नेपालमै पहिलोपटक मानव आकारका ह्युमनोइड रोबोटहरू प्रस्तुत गर्ने तयारी छ ।

नाडा अटो शो २०२५ मा दिपलका फ्युचरिस्टिक कारहरू—दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११—समेत प्रदर्शनीमा राखिनेछन् । प्रदर्शनीका अर्काे विशेषता भनेको भिन्टेज मोटर शो हो, जसमा मोरिस माइनर, फियाट, प्युजो, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, भीडब्ल्यू बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया, टोयोटा एमआर२ लगायत ऐतिहासिक गाडीहरू प्रदर्शन गरिनेछन् ।

यस प्रदर्शनीलाई ‘गो फर मोर’ नारासहित आयोजना गरिएको छ ।  आयोजकका अनुसार, यसले आधुनिक प्रविधि, स्मार्ट मोबिलिटी समाधान र अटो उद्योगका सम्पूर्ण पक्षलाई एकै ठाउँमा प्रस्तुत गर्नेछ । 

प्रदर्शनीमा १९ वटा चारपांग्रे, १३ वटा हल्का व्यावसायिक, चार वटा दुईपांग्रे ब्रान्डसहित १२५ भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ ।  साथै, अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण, वित्तीय सेवाप्रदायक कम्पनीहरूले समेत आफ्नो उत्पाद र सेवाहरू प्रस्तुत गर्नेछन् ।

प्रदर्शनीमा स्वदेशमै बनेका गाडी र अटो पाट्र्सलाई प्रस्तुत गर्ने ‘मेड इन नेपाल’ प्याभिलियन पनि रहनेछ । यसमार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत विदेशी लगानी तथा सहकार्यलाई प्रोत्साहित गर्ने तयारी गरिएको छ ।  यस्तै, ईभी, स्मार्ट मोबिलिटी र दिगोपनका विषयमा सेमिनार, कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुनेछन् । 

प्रदर्शनी अवधिभर दैनिक १२ भाग्यशाली विजेताको घोषणा हुनेछ, जसले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा पाउनेछन् । नाडा अटो सोको यस १७औँ संस्करणले नेपालको अटो उद्योगमा मात्र होइन, सम्पूर्ण मोबलिटी क्षेत्रमै नयाँ उत्साह र दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img