काठमाडाैँ । अरुण काबेली पावर लिमिटेडले १ः०.५० अनुपातका दरले हकप्रद सेयर जारी गर्ने भएको छ । बुधबार अर्थात भदौ ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातकाे अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेकाे हाे ।
बैठकले हकप्रद सेयर जारी गर्ने उक्त निर्णयलाई स्वीकृतिका लागि आगामी १५औँ साधारणसभामा प्रस्तावका रूपमा पेश गर्ने निर्णय समेत गरेको छ । कम्पनीको साधारणसभा असोज ३ गते शुक्रबार आयोजना गर्ने निर्णय समेत सञ्चालक समितिले गरेको छ ।








