Sunday, October 5, 2025
spot_img

२३.६ मेगावाटको सुपर मेलम्चीमा ४ बैंक तथा वित्तीय संस्थाको लगानी

spot_img

Share

spot_img

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण अघि बढेको २३.६ मेगावाटको सुपर मेलम्ची जलविद्युत् आयोजनामा लगानी जुटेको छ । मिलारेपा इनर्जी प्रालिले अघि बढाएको जलविद्युत् आयोजनामा प्रभु बैंक लिमिटेडको अगुवाई ऋण लगानी हुने गरी वित्तीय व्यवस्थापन सम्झौता समेत सम्पन्न भइसकेको हो ।

आयोजनामा प्रभु बैंकको अगुवाईमा सदस्य बैंकको रुपमा कृषि विकास बैंक, माछापुच्छ्रे बैंक र सांग्रीला विकास बैंकले लगानी गर्नेगरी सम्झौता सम्पन्न भइसकेको छ ।

अहिले आयोजनाको निर्माण पूर्वको काम भइरहेको छ । कम्पनीले विद्युत् विकास विभागबाट २०७८ साल भदौ २१ गते उत्पादन अनुमति पाएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img