Sunday, October 5, 2025
spot_img

११ मेगावाटको माथिल्लो तादीबाट व्यावसायिक उत्पादन सुरु

spot_img

Share

spot_img

काठमाडाैँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण भएको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजनाले औपचारिक रुपमा व्यावसायिक उत्पादन सुरु गरेको छ । सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक लिमिटेडले निर्माण सम्पन्न गरेकाे आयोजनाकाे परिक्षण पूरा गरी व्यावसायीक उत्पादन सुरू भएकाे हाे ।

आयोजनाले २०८२ असार १८ मा निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन पश्चात २०८२ साउन १२ देखि नियमित रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन सुरु थालेको हो ।

आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिसन लाइनमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ । वार्षिक ६१.३१९ गीगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसमध्ये ५०.८९३ गीगावाट घण्टा वर्षायाममा र १०.४२५ गीगावाट घण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ ।

आयोजनाकाे ३ चैत २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो । ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन २०८१ असोज ८ मा स्वीकृत भएको थियो । विद्युत् विकास विभागबाट २०७२ असोज २२ मा उत्पादन अनुमति प्राप्त भएको थियो ।

परियोजनाको इन्टेक करिब १५०० मिटर र पावरहाउस १२८२ मिटरको उचाइमा छ । पावरहाउसमा जडान गरिएका दुईवटा पेल्टन टर्बाइन युनिटहरू (प्रत्येक ५.५ मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुनेगरी आयोजना डिजाइन गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img