काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउपालिका ७ र १७ मा निर्माण प्रक्रिया अघि बढेको ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । आयोजनामा कूल लगानीको ७५ प्रतिशत ऋण लगानी हुनेछ ।
एक्स्पर्ट हाइड्रो इन्भेष्टमेन्ट लिमिटेड प्रवर्द्धक रहेको आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा ५ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् ।
आयोजनाको काम निर्माण सुरु भएको ४२ महिनाभित्र सम्पन्न गर्ने कम्पनीको योजना रहेको छ । यो आयोजनाको निर्माण पूरा भएपछि वार्षिक सरदर २८३.३७ मेगावाट विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् २० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको बाँफिकोट सबस्टेसनमा जोडिनेछ ।