Sunday, October 5, 2025
spot_img

१० मेगावाटको सिद्धि खोलाको ८९ प्रतिशत निर्माण पूरा

spot_img

Share

spot_img

काठमाडौँ । सिद्धि हाइड्रो पावर कम्पनीले इलाम जिल्लाको सुर्याेदय नगरपालिका र रोङ गाउँपालिकामा निर्माण गरिरहेको १० मेगावाटको सिद्धि खोला जलविद्युत् आयोजनाको काम ८९ प्रतिशत पूरा भएको छ ।

आयोजनाको काम सुरु भएको १८ महिनामै निर्माण अन्तिम चरणमा पुगेको कम्पनीका निर्देशक सन्तोष राज नेपालले बताए ।

यो आयोजना सम्पन्न गर्न करिब १ अर्ब ७३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा सिटिजन्स बैंक इन्टरनेशनलको एकल ऋण लगानी छ । बैंकले कूल लगानीको ७५ प्रतिशत ऋण लगानी गरेको छ । बाँकी २५ प्रतिशत स्वपूँजी लगानी छ ।

आयोजना पुरा भएपछि वार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । हिउँदयाममा ८.८०५ गिगावाट घन्टा र बर्खायाममा ४६.९११ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् १६ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको सुनमाईमा सबस्टेसनमा जोडिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img