काठमाडाैँ । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले इटहरीमा नयाँ स्टेट अफ आर्ट शोरुमको उद्घाटन गरेको छ । यस अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर सहित ४ दिने विशेष टेस्ट ड्राइभ र एक्स्चेन्ज कार्यक्रम पनि सुरु भएको छ ।
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक शोरुमको उद्घाटन गरे । शोरुम उद्घाटनसँगै सर्ब मोटर्सले २० देखि २३ भदौसम्म चल्ने टेस्ट ड्राइभ र एक्स्चेन्ज कार्यक्रमको औपचारिक सुरुवात गरेको छ ।
साे अवधिसम्म दिपलका सम्पूर्ण अत्याधुनिक ईभी लाइनअप टेस्ट ड्राइभका लागि उपलब्ध छन् । दिपल एस०७ आईसीए, आकर्षक सेडान एल०७, विश्वको पहिलो ट्रान्स्फर्मर एसयूभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ जस्ता मोडेलको अनुभव गर्न सकिने छ ।
एक्स्चेन्ज कार्यक्रम अन्तर्गत ग्राहकले आफ्ना पुराना गाडीको उत्कृष्ट मूल्यांकन चार वटा रिकन्डिसन हाउसबाट पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र बीमाका साथै निःशुल्क ट्राभल चार्जर पनि प्राप्त गर्नेछन् ।
यस कार्यक्रमको थप आकर्षणका रूपमा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिएको छ ।