काठमाडाैँ । रिभर फल्स पावर लिमिटेडले १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले ७० लाख कित्ता हकप्रद सेयर बिक्री खुलाएको हो ।
साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले आगामी असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले लिएको छ ।
हकप्रद सेयरबाट जुटाइने ७० करोड रुपैयाँ कुमारी बैंकको ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।








