काठमाडाैँ । विद्युत् विकास विभागको महानिर्देशकमा मनदेवी श्रेष्ठ नियुक्त भएकी छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार (असोज १०) विद्युत् विकास विभागको निर्देशकमा श्रेष्ठलाई नियुक्त गरेको हो । विभागमा महानिर्देशक बन्ने श्रेष्ठ पहिलो महिला हुन् ।
मन्त्रालयले महानिर्देशक रहेका जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगकाे सचिवालयमा सरुवा गरेका छन् ।