Wednesday, October 29, 2025
spot_img

बागलुङको सबैभन्दा ठुलो आयोजना दरम खोलाले दुई सातापछि व्यापारिक उत्पादन थाल्दै

spot_img

Share

spot_img

काठमाडौँ । बागलुङको गलकोट नगरपालिका–११ मा निर्माण सम्पन्न ९.६ मेगावाटको दरम खोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । यो आयोजना जिल्लाकै सञ्चालनमा आएकाे सबैभन्दा ठुलो आयोजना हो ।

दरम खोला हाइड्रो इनर्जी कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको आन्तरिक परीक्षण पूरा गरी उत्पादन परीक्षण थालेकाे सञ्चालक रामप्रसाद कंडेलले बताए । उनका अनुसार आगामी दुई सातापछि अर्थात कात्तिक तेस्रो साताबाट व्यापारीक उत्पादन सुरु हुनेछ ।

‘आयोजनामा जडान भएको उपकरणहरूको परीक्षणपश्चात नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूको सहभागितामा प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको छ,’ उनले ऊर्जा संचारसँग भने, ‘आजदेखि प्राधिकरणले गर्ने उत्पादन परीक्षण सुरु भएको छ । प्राधिकरणले आगामी दुई सातासम्म निशुल्क विद्युत् लिएर परीक्षण गर्नेछ । त्यसपछि मात्र व्यापारीक उत्पादन सुरु हुनेछ ।’

आयोजनाबाट उत्पादीत विद्युत् प्राधिकरणका हरिचौर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मकाे प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हाे ।

आयोजनाबाट २०८० भित्रै विद्युत् उत्पादन गर्ने तालिका भएपनि सामाजिक समस्या, कोरोना महामारी तथा बाढी जस्ता विपदले गर्दा उत्पादन तालिका प्रभावित भएको हो ।

२०८१ असारको भीषण वर्षासँगै आएको बाढीले आयोजनाका संरचनामा ठूलो असर पुर्यायो । जसका कारण पनि आयोजना निर्माण अवधि लम्बिएको थियो । बाढीले पावरहाउसका मेशिनहरू बिगारेपछि नयाँ मेशिनहरू माग गरेर जडान गरिएको हो ।

कम्पनीले विद्युत् विकास विभागबाट २०७३ माघ २३ गते उत्पादन अनुमतिपत्र लिएर संरचना निर्माण गर्न सुरु गरेको थियो । सुरुमा नेपाल विद्युत् प्राधिकरणसँग सुरुमा ७.३ मेगावाटको विद्युत् खरिद सम्झौता (पिपिए) गरेको भए पनि पछि आयोजनाको क्षमता विस्तार गरिएको थियो ।

आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) अगुवाइमा एनआइसी एसिया बैंकले पनि ऋण लगानी गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img