Sunday, March 23, 2025
spot_img

एलएस अटोको चितवनमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज’ क्याम्प हुने

spot_img

Share

spot_img

काठमाडाैँ । चिनियाँ ईभी ब्रान्ड एलएस अटोले चितवनमा दुई दिने ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले फागुन ९ र १० गते चितवन गार्डेन रिसोर्टमा उक्त कार्यक्रम गर्न लागेको हो ।

विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस दाबी गरिएको संघाइ लन्च अटोमोटिभ टेक्नलोजी अन्तर्गतको एलएस अटोले नेपाली बजारमा एलईभी–०१ मोडलको विद्युतिय कार उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार एलएस अटोले विगत २५ वर्ष देखि विभिन्न ब्राण्डको अटोमोवाइलको डिजाइन, इन्जीनीयरीङ्ग, प्रोटोटाइप विकास तथा ट्रयाल प्रडक्सन जस्ता सम्पूर्ण काम (टर्नकि प्रोजेक्ट) गर्दै आएको छ ।

स्ट्याण्डर्ड र कम्फर्ट गरि दुई भेरियन्टमा उपलब्ध एलईभी– ०१ मा ६७.१ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यो इभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यस इभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

साथै एलईभी ०१ मा नेपालको बाटो सुहाउदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । कारमा लेदरेट स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बीयन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्टल क्लस्टर, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागि यो इभीमा १० वटा एयरव्याग, इबीडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेको छ । यस करको मूल्य ६१ लाख ९५ हजार र ६९ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img