Friday, April 17, 2026
spot_img

विद्युतीय सवारी प्रवर्द्धनमा सिप्रदीको कदम, दुईपांग्रे सवारी साटेर कार किन्ने अवसर

spot_img

Share

spot_img

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै Tata Motors का नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि ले नयाँ वर्षको अवसर पारेर विशेष साटासाट योजना सार्वजनिक गरेको छ ।

कम्पनीले ‘स्विच टु टियागो ईभी’ नाम दिएको यो अभियान वैशाख ४ देखि ७ गतेसम्म देशभर सञ्चालन भइरहेको जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर Tata Tiago EV खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

योजनाअनुसार जुनसुकै ब्रान्डका दुईपांग्रे सवारी प्रयोगकर्ताले आफ्नो सवारीको साटासाट गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्नेछन् । ग्राहकहरूले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा यो गाडी आफ्नो बनाउन सक्ने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत पुराना सवारीको राम्रो मूल्याङ्कन, नगद छुट, निःशुल्क सामग्री तथा एक वर्षसम्म सवारी कर छुट जस्ता सुविधा उपलब्ध हुनेछन् । साथै ग्राहकहरूले सिप्रदी सञ्जालमार्फत आजीवन निःशुल्क छिटो चार्जिङ सेवा र घरमै चार्जिङ जडान सुविधा पनि पाउनेछन् ।

योजनामा सहभागीमध्ये एकजना भाग्यशाली ग्राहकले iPhone 17 Pro Max जित्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ ।

सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय सवारी प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना उपयोगी हुने विश्वास कम्पनीको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका आधिकारिक सोरुमहरूमा पुगेर वैशाख ४ देखि ७ गतेसम्म यो अवसरको लाभ लिन सक्नेछन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img