Monday, May 18, 2026
spot_img

विद्युत् नपुगेको कोरलानाकामा सौर्य ऊर्जाले धानेको सञ्चार सेवा

spot_img

Share

spot_img

काठमाडाैँ । मुस्ताङको नेपाल–चीन उत्तरी सीमा कोरलानाकामा सौर्य ऊर्जामार्फत सञ्चालित बिटिएस टावरको क्षमता विस्तार गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीले शनिबार थप उपकरण जडान गरेको हो ।

तीन वर्षअघि स्थापना गरिएको माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावरले सीमावर्ती क्षेत्रमा सञ्चार पहुँच विस्तार गरे पनि उपकरण क्षमताको कमीका कारण सेवा भरपर्दो बन्न सकेको थिएन । विशेषगरी नाकामा विद्युत् सेवा नपुग्दा टावर पूर्ण रूपमा सौर्य ऊर्जामै निर्भर रहँदै आएको छ ।

नेपाल टेलिकम जोमसोम कार्यालयका प्रमुख हुमबहादुर भुजेलका अनुसार टेलिफोन र इन्टरनेट सेवा सुधार गर्न सौर्य प्रणालीको क्षमता दोब्बर बनाइएको छ । टावर सञ्चालनलाई प्रभावकारी बनाउन २० वटा सोलार प्यानल र १५० एम्पियर क्षमताका तीनवटा ब्याट्री ब्याकअप थप गरिएको उनले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् पोल विस्तार गरिसके पनि प्रसारण लाइन सञ्चालनमा नआएकाले सौर्य ऊर्जाकै सहायताबाट टावर सञ्चालन हुँदै आएको छ । दुर्गम तथा विद्युत् पहुँच बाहिरको क्षेत्रमा सौर्य ऊर्जाले सञ्चार सेवा निरन्तर सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेको देखिएको छ ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिटिएस टावरको क्षमता विस्तारपछि २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रभावकारी बनेको बताए । टुजी र फोरजी सेवामा सुधार आएपछि सीमाक्षेत्रमा व्यापार गर्ने व्यवसायी तथा अवलोकनका लागि पुग्ने पर्यटकलाई सहज भएको उनको भनाइ छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img