Tuesday, May 12, 2026
spot_img

ढल्केबरमा थपिँदै सौर्य ऊर्जा, २० मेगावाटको नयाँ आयोजना निर्माण प्रक्रियामा

spot_img

Share

spot_img

काठमाडौँ । मधेश प्रदेशमा सौर्य ऊर्जा उत्पादन विस्तार हुने क्रमसँगै महोत्तरीमा थप २० मेगावाट क्षमताको नयाँ सौर्य आयोजना अघि बढाइएको छ । तारा सोल इनर्जी कम्पनी लिमिटेडले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘ढल्केबर सौर्य विद्युत् आयोजना’ निर्माण गर्न उत्पादन अनुमति पत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

कम्पनीले आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो । आयोजना अन्तर्गत करिब १८.२४ हेक्टर क्षेत्रफलमा सोलार फोटोभोल्टिक प्यानल जडान गरिनेछ ।

कम्पनीका अनुसार आयोजनाबाट उत्पादित विद्युतलाई ३५० किलोवाट क्षमताका ५५ वटा तथा २५० किलोवाट क्षमताका ३ वटा स्ट्रिङ इन्भर्टरमार्फत एसी प्रणालीमा रूपान्तरण गरिनेछ ।

आयोजनाबाट वार्षिक औसत ४०.२४९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने योजना छ ।

कम्पनीले २०८३ मंसिरभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८३ वैशाख २ गते स्वीकृत भइसकेको छ ।

पछिल्लो समय ढल्केबर क्षेत्र सौर्य ऊर्जाको नयाँ केन्द्रका रूपमा विकास हुँदै गएको छ । उच्च प्रसारण पहुँच, समथर भूभाग र राष्ट्रिय ग्रिडसँगको सहज जडानका कारण मधेश प्रदेशमा निजी क्षेत्रको सौर्य लगानी तीव्र रूपमा बढिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img