Tuesday, June 23, 2026
spot_img

सामुदायिक विकासमा तनहुँ जलविद्युतकाे लगानीः पूरा गर्यो ९६ योजना

spot_img

Share

spot_img

काठमाडाैँ । तनहुँको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकास कार्यक्रमलाई तीव्रता दिएको छ । आयोजनाअन्तर्गत हाल सात वटा पूर्वाधार तथा सामुदायिक योजना निर्माणाधीन छन् भने अहिलेसम्म ९६ वटा योजना सम्पन्न भइसकेका छन् ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार गत वैशाख महिनामा दुई वटा योजना सम्पन्न भएका छन् । म्याग्दे गाउँपालिका–३ को किल्चोक शाखा सडकमा नाला निर्माण तथा ऋषिङ गाउँपालिका–१ होक्सेटारमा खानेपानी मुहान संरक्षण र पाइप सुधारको काम सम्पन्न गरिएको हो ।

हाल ऋषिङ गाउँपालिका–७ मा माछदाङ–टुनीबोट ट्रेल पुलसम्म पहुँच सडक निर्माण, भिमाद नगरपालिका–५ मा फेदीखोला मोटरेबल पुल, डाडीवन–चुलेसी पहुँच मार्ग, सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा निर्माण हुने चार झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा ढुवानी, वानटाङ खोलामा पक्की पुल निर्माण, म्याग्दे–५ फूलबारीस्थित सामुदायिक भवन संरक्षणका लागि पर्खाल निर्माण तथा ऋषिङ–१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालय भवन निर्माणको काम अघि बढिरहेको छ ।

आयोजनाको सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रमअन्तर्गत उपभोक्ता समितिमार्फत् सञ्चालन गरिएका योजनाहरूको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित अनुगमनसमेत भइरहेको छ ।

समुदायको सहयोगबिना आयोजना सफल हुन नसक्ने उल्लेख गर्दै आयोजना प्रमुख भण्डारीले स्थानीय तहसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइएको बताए। उनका अनुसार आयोजनाले पूर्वाधार निर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने योजनालाई प्राथमिकतामा राखेको छ ।

यसैबीच, आयोजनाको मुख्य संरचना निर्माण कार्य पनि अघि बढिरहेको छ । प्याकेज–१ अन्तर्गत बाँध तथा हेडवर्क्स, प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह र सम्बन्धित उपकरण जडान तथा प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको काम जारी रहेको आयोजनाले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img