काठमाडाैँ । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले गौरवपूर्ण रुपमा अल–न्यु बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ । नेपालकै सबैको पहुँचयोग्य अर्थात सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको सो ईभीलाई नाडा अटो शो २०२५ मा भव्य समारोहका बीच सार्वजनिक गरिएको हो ।
कम्पनीले गाडीको मूल्य ४३ लाख ९९ हजार रुपैयाँँ तोकेको छ । मंगलबार कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो ।
एट्टो–२ बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको हो । यसको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ। बीवाईडी एट्टो–२ मा ४१.१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री दिइएको छ । डब्लुएलटीपीअनुसार यो गाडीले एक पटको फुल चार्जमा ३१२ किलोमटिर रेन्ज दिनेछ ।
यसको लम्बाइ ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ । यसमा १४३० लिटरको बुट स्पेस पाउन सकिन्छ। यसमा १७ इन्चको अलोय ह्वील, १०.१ इन्च वा १२.८ इन्चको घुम्ने इन्फोटेनमेन्ट स्क्रिन, ६ वटा एयरब्याग, रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा लगायतका फिचरहरु यसमा छन् ।