Sunday, October 5, 2025
spot_img

ओमोडा एण्ड जेइको ब्रान्डका ईभी खरिद गर्दा ७ लाखसम्म छुट 

spot_img

Share

spot_img

काठमाडाैँ । ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले दशैं–तिहारको अवसरमा ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु गरेको छ । यो अभियान नयाँ सार्वजनिक गरिएको जेइको जे५, ओमोडा ई५ र जेइको जे६ मा लागू हुने जनाइएको छ । अफरअन्तर्गत ग्राहकले ओमोडा एण्ड जेइको ब्रान्डका ईभी खरिद गर्दा ७ लाखसम्म नगद छटु पाउनेछन् ।

कम्पनीका अनुसार, यस अभियानले ग्राहकलाई आकर्षक मूल्यमा गाडी खरिद गर्ने अवसर दिएको छ । नयाँ जेइको जे५ मा ४ लाख, ओमोडा ई५ मा ७ लाख र जेइको जे६ मा ४ लाख रुपैयाँ नगद छुट दिइको हो ।

अफरअन्तर्गत, ६० लाख ९९ हजार रुपैयाँ पर्ने जेइको जे५ लाई ५६ लाख ९९ हजार, ६१ लाख ९९ हजार पर्ने ओमोडा ई५ लाई ५४ लाख ९९ हजार र ६९ लाख ९९ हजार रुपैयाँ पर्ने जेइको जे६ लाई ६५ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ ।

यस अफरमा एक्सचेञ्ज बोनस, ७ किलोवाट क्षमताको वाल चार्जर र १ वर्षको इन्स्योरेन्स पनि समावेश गरिएको छ । सीमित अवधिका लागि मात्र उपलब्ध हुने यस अफरमा शर्त तथा नियम लागू हुने कम्पनीको भनाई छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img