Sunday, October 5, 2025
spot_img

१२०० मेगावाटको बुढीगण्डकीः कम लागतमा कसरी बनाउन सकिन्छ ?

spot_img

Share

spot_img

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत १२०० मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाकाे लागत घटाउन सकिने भएकाे छ । आयोजनाकाे अहिले अनुमान गरिएको लागत भन्दा भन्दा कम लागतमा निर्माण गर्न सकिने एक जलविद्युत् विज्ञले बताएका छन् ।

अहिले यो आयोजनाको लागत करिब ३९८ अर्ब रुपैयाँ अनुमान गरिएको छ । जसमा करिब ४३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । उनका अनुसार यो आयोजनाको संरचनामा परिवर्तन गरी लागत घटाउन सकिन्छ ।

‘यो आयोजनामा विश्वकै सबैभन्दा महंगो पर्ने ड्याम डिजाइन गरिएको छ । उक्त ड्यामको आधा लागतमै सोही क्षमता, गुणस्तर, दीर्घकालीन ड्याम तयार गर्न सकिन्छ’ उनले ऊर्जा संचारलाई भने ।

अहिले यो आयोजनाको ड्याम कस्ट मात्रै १९८ अर्ब रुपैयाँ रहेको उनले बताए । ‘आयोजनाका लागि ‘आर्ज कंक्रिट ग्राभिटी’ ड्याम बनाउने तयारी भइरहेको छ । यो विश्वको सबैभन्दा महंगो ड्याम डिजाइन हो,’ उनले भने, ‘यही लागतमा यो ड्याम सरह क्षमता भएको अर्काे ड्याम तयार गर्न सकिन्छ । जुन, अहिलेसम्म विश्वभर फुटेको, टुटेको तथ्यांक छैन । यो सेल्फ हिलिङ क्यापासिटी भएको ड्याम पनि हो ।’

सरकारले यो आयोजना निर्माणका लागि विगत १० वर्षदेखि पेट्रोलियम पदार्थमा पूर्वाधार कर उठाउँदै आएको छ । जुन आर्थिक वर्ष २०८१/८२ सम्म १ खर्ब ५९ अर्ब रुपैयाँ संकलन भइसकेको छ । तर, आयोजनाको कार्य प्रगति भने मुआब्जा दिन बाहेक केही अघि बढ्न सकेको छ ।

सरकारले आर्थिक वर्ष २०७२/७३ बाट बुढीगण्डक आयोजना निर्माणका लागि भन्सार विन्दुबाटै पेट्रोलिमय पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लिन सुरु गरेको थियो । यसमा ५ रुपैयाँ बढाएर २०७६ फागुनबाट प्रतिलिटर १० रुपैयाँ लिन थालेको छ ।

भन्सार बिन्दुबाट संकलन भएको पूर्वाधार कर नेपाल आयल निगमले सरकारको खातामा दाखिल गर्ने गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img