Wednesday, October 29, 2025
spot_img

वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज हुँदै

spot_img

Share

spot_img

काठमाडाैँ । वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ हुने अवसरमा एमएडब्लु वृद्धिले असोज ३० गते देखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको छ ।

यो कार्यक्रमले ग्राहकलाई दिपल र अवतारका लक्जरियस इभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न पाउने छन । यस कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता दिपल एस०५ हुनेछ जुन नाडा अटो सोमा सो स्टपरका रुपमा स्थापित भएको थियो ।

रिमोट इन एन्ड आउट पार्किङ, क्विन कोपाइलट सिट र ५ हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै एस०५ हिट ईभी बन्न सफल भएको बताइएको छ ।

यो विशेष एक्सपिरियन्स र एक्सचेन्जमा दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयूभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछ ।

ग्राहकहरुले फ्युचरिस्टिक दिपल ईभी मात्र होइन, मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्न सक्नेछन् जुन मधेश प्रदेशमा पहिलो पटक हुन लागेको हो ।

आइतबारसम्म चल्ने यो कार्यक्रममा सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निःशुल्क वाल तथा ट्राभल चार्जर र निःशुल्क एसेसरिज पनि पाइने छ । तसर्थ वीरगञ्ज, जनकपुर, हेटौंडा तथा आसपासका ग्राहकका लागि फ्युचरिस्टिक तथा टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड हुने यो उत्कृट समय हुने कम्पनीको भनाइ छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img