Thursday, October 10, 2024
spot_img

नेपालकाे प्रसारण लाइन विकासमा नर्वेले सहयाेग गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल र नर्वेबीचको सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री खड्काले नर्वे नेपालको लागि महत्वपूर्ण विकास साझेदार भएकाले ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा बढी समयदेखि नर्वे सरकारको सहयोगको लागि धन्यवाद दिए । दिगो ऊर्जा र आर्थिक वृद्धिको लक्ष्यलाई अगाडि बढाउन जलविद्युत विकासदेखि क्षमता निर्माणसम्मको नर्वे सरकारको योगदान अमूल्य रहेको मन्त्री खड्काको भनाई थियो ।

ऊर्जामन्त्री खड्काले नेपालको जलविद्युत, प्रसारण र वितरणमा रोजगारीका लागि तालिम कार्यक्रम, सिभिल, इलेक्ट्रिकल र हाइड्रोमेकानिकल क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न नर्वेको सहयोगले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले तिनाउ, आँधीखोला, झिम्रुक, खिम्ती, माथिल्लो तामाकोशीलगायत ठूला जलविद्युत आयोजना र लघु जलविद्युत आयोजना निर्माणमा नर्वे सरकारको सहयोगका लागि हार्दिक आभार व्यक्त गरे ।

मन्त्री खड्काले विद्युत उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रसारण लाइन, सबस्टेशन र ग्रामीण विद्युतीकरणमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उक्त कार्यमा नर्वेको साथ र सहयोग अपेक्षा गरे । नेपाल हरित ऊर्जा विकासमा प्रतिवद्ध रहेको मन्त्री खड्काको भनाई छ । उनले नेपालको ऊर्जा क्षेत्रमा सार्वजनिक–निजी साझेदारी मार्फत लगानीको प्रशस्त सम्भावना रहेकाले जलविद्युत लगायत नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्न राजदूतमार्फत नर्वेजियन कम्पनीलाई आग्रह गरे ।

ऊर्जामन्त्री खड्काले कम विकसित, कम स्रोतसाधन भएको र प्रायः पहाडी मुलुक भएकाले नेपालले जलवायु परिवर्तनका प्रतिकूल असर–हिमनदी पग्लने, वर्षाको ढाँचामा परिवर्तन, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप भोगिरहेकोले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नर्वे सरकार लगायत अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा समेत गरे ।

भेटमा नेपालका लागि नर्वेका राजदूत द्रामदलले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि नर्वे सरकारको सँधै साथ र सहयोग रहँदै आएको बताइन् । उनले नेपाली विद्याथीलाई नर्वेमा जलविद्युत सम्बन्धी अध्ययन गर्नका लागि सहयोग गर्दै आएको उल्लेख गरिन । उनले आगामी दिनमा प्रसारण लाईनको विकासमा समेत नर्वे सरकारले सहयोग गर्ने बताइन् ।

राजदूत द्रामदलले नर्वेले जलविद्युतबाहेक विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको बताइन् । नर्वेले विकासका लागि ऊर्जासम्बन्धी नेपाली विद्यार्थीलाई तालिमसमेत प्रदान गर्दे आइरहेको राजदूतको भनाई छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img