काठमाडाैँ । सिन्धुपाल्चाेकमा एक महिनादेखि बन्द ४५ मेगावाटकाे माथिल्लाे भोटेकोशी जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ । जेनजीका नाममा १० प्रतिशत निःशुल्क सेयर माग्दै आयोजना बन्द भएकाेमा आइतबार आयोजना र जेनजी समूहबीच सहमती भएसँगै आयोजना तत्काल सञ्चालन हुने भएको हो ।
जेनजीहरू निःशुल्कको सट्टा १० प्रतिशत सेयर किन्न तयार भएपछि आयोजना सञ्चालन हुने भएको हाे ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको समन्वयमा २ पक्षबीच सहमती भएको हो ।








