सरकारले आगामी ५ वर्षमा ११ हजार ७६९ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ । सरकारले १६औं पञ्चवर्षीय योजनामार्फत् आर्थिक वर्ष (आव) २०८५/८६ सम्म उक्त क्षमताकाे विद्युत उत्पादन गर्ने लक्ष्य लिएको हो ।
आव २०७९/८० सम्म जलविद्युत् तथा वैकल्पिक ऊर्जाबाट २ हजार ९६२ मेगावाट विद्युत् उत्पादन भएको छ । यसैगरी, आव २०८५/८६ सम्म शतप्रतिशत विद्युतकाे पहुँच पुर्याउने लक्ष्य छ ।
यसैगरी, ९० प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य पनि १६औं योजनामा समावेश गरिएको छ । २०७९/८० सम्म इन्टरनेटमा पहुँच पुगेको जनसंख्या ६९.७ प्रतिशत रहेको छ ।
आर्थिक वृद्धिदर ७.३ प्रतिशत र मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य १६औं योजनाले लिएको छ ।