Thursday, October 10, 2024
spot_img

कर्णाली कोरिडोर लाइन निर्माण सुरु, ८ अर्ब लागत

spot_img

Share

spot_img

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको ४०० केभी क्षमताको कर्णाली कोरिडोर प्रसारण लाइनको शिलान्यास सम्पन्न भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रि शक्तिबहादुर बस्नेतद्वारा निर्माणाधीन कर्णाली कोरिडोर (फुकोट– बेतन–दोदोधारा) ४०० केभी लाइनको टावर निर्माणको शिलान्यास गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीलेले फुकोट कर्णाली, वेतन–कर्णाली, तिला–१,२ लगायतका आयोजनाहरुबाट उत्पादित करिब ३००० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गरी राष्ट्रको विद्युत मागलाई सम्बोधन गर्ने र विद्युत निर्यात गर्ने लक्ष्य सहित कम्पनीबाट निर्माण हुन लागेको उक्त फुकोट–बेतन–दोदोधारा डबल सर्किट प्रसारण लाइन राष्ट्रिय रुपान्तरणकारी आयोजना रहेको बताए । कर्णाली र सुदुर पश्चिम प्रदेशको प्रसारण हाइवे रुपमा रहेको यस आयोजनाको विदेशका अन्य परक पर्वाधारको समेत बिकास भै समग्र देशको विद्युत् विकासमा कोसे ढुंगा साबित हुने बताए ।

जम्मा १२५ किमी लम्बाइको यस आयोजना कर्णाली प्रदेशको कालिकोट (रेंगिल) बाट सुरुभई अछाम, सुर्खेत हुदै कैलालीको दोदोधारा सब–स्टेशनमा टुंगिन्छ, जहाँबाट पूर्व तर्फ बुटवल, पश्चिममा अत्तरिया÷दैजी र दक्षिण तर्फ अन्तरदेशीय प्रसारण लाइन मार्फत छिमेकी देश भारतको बरेलीमा जोडिने योजना रहेको छ । जम्मा २५६ वटा टावर रहने यस प्रसारण लाइन आयोजनामा दक्षिण एसियाकै लामो मध्यको करिब १३५० मिटर लम्बाइको रिवर क्रसिङ रहेको छ जसमा करिब १२० मिटर अग्ला दुइवटा टावर निर्माण गरिने छ ।

आयोजना प्रबन्धक बिकेन बज्राचार्यले यस आयोजनाको संक्षिप्त जानकारी गराउँदै प्रसारण लाईन निर्माणको लागि भारतीय कम्पनी कल्पतरु प्रोजेक्ट इन्टरनेसनल लिमिटेडसँग गत बर्ष ठेक्का सम्झौता भइसकेको जानकारी दिए । यो आयोजना सम्पन्न गर्न करीब ८ अर्बको रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना निर्माण सुरु भएको ३ वर्षभित्र सम्पन्न हुनेछ ।

आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन, इन्जिनियरिंग लगायत टावर परिक्षण कार्य सम्पन्न भैसकेको, आयोजना निर्माण सुपरिवेक्षणको लागि नेपाल विद्युत् प्राधिकरणको इन्जिनियरीङ कम्पनीलाई नियुक्त गरिएको एवं टावर निर्माणको लागि कालिकोट, सुर्खेत, अछाम र कैलाली जिल्लामा जग्गा अधिग्रहणको कार्य भैरहेको रहेको कुरा जानकारी गराए ।

मन्त्री बस्नेतले कर्णाली नदी बेसिनमा उत्पादन हुने विद्युत जम्मा गरी स्वदेश तथा बिदेशी बजारमा पुर्याउने लक्ष्य सहितको यो आयोजना कर्णाली र सुदुर पश्चिम प्रदेशको पूर्वाधार बिकासको मुख्य धमनी रहेको बिचार व्यक्त गरे ।

कम्पनीबाट निर्माण हुन लागेको यो आयोजनाले ह्विलिङ चार्जमार्फत आफ्नो आय समेत पहिचान गरेको उल्लेख गर्दै कम्पनीको आयमा आत्मनिर्भर हुने गरी तयार गरिएको मोडालिटीको सराहना रहेको बताए । प्रदेश अन्तर्गत भेरी कोरिडोर र सेती कोरिडोर ४०० केभी प्रसारण लाइन आयोजना समेत निकट भविष्यमा निर्माणमा जान लागेको कुरा जानकारी दिदै सरकारको उद्देश्य सकेसम्म कम वातावरणीय क्षती हुने गरी साझा प्रसारण लाइन निर्माण गर्न सहजिकरण गर्ने रहेको र त्यसको लागि नितिगत सुधारहरु पनि भइरहेको बताए ।

प्रसारण लाइनको क्षेत्रधिकार भित्र पर्ने जग्गाहरुको क्षतिपुर्ति निर्धारण गर्दा स्थानीयलाई उत्प्रेरित गर्ने गरि निर्धारण गरिने समेत जानकारी दिए । साथै सामाजिक सुरक्षा उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु समेतले स्थानीयहरुलाई आयोजनाको अपनत्व लिन टेवा पुर्याउने कुरा व्यक्त गरे । उनले कम्पनी तथा निर्माण व्यवसायीलाई आयोजना समयमा नै सम्पन्न गर्न निर्देशन दिदै आयोजना सफलता पुर्वक सम्पन्न गर्न शुभकामना दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img