Thursday, December 5, 2024
spot_img

तल्लो इर्खुवाबाट यसै वर्ष विद्युत् उत्पादन हुने

spot_img

Share

spot_img

काठमाडौँ । नेशनल हाइड्रो पावर कम्पनीको सहायक लोअर इर्खुवा हाइड्रो पावर कम्पनीले निर्माण गरीरहेको १४.५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाबाट यसै वर्षभित्र विद्युत् उत्पादन हुने भएकाे छ । अहिले आयाेजनाकाे काम अन्तिम चरणमा पुगेकाे छ ।

कम्पनीले आयोजनाको सिभिल, हाइड्रो तथा इलेक्ट्रो मेकानिकलको काम अन्तिम चरणमा पुर्याएको हो । आयोजनाको अधिकांश काम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । यसअघि आयोजनाबाट २०७९ सालभित्र विद्युत् उत्पादन सुरु गर्ने तालिका भएपनि कोरोना महामारीका कारण सरकारले एक वर्ष समयअवधि थप गरेको हो । फेरि गत साउनमा आएकाे बाढीले आयाेजनाकाे संरचना र उपकरणमा क्षति पुर्याएपछि उत्पादन तालिका २०८१ फागुनमा सरेकाे छ ।

आयोजनाको सिभिल संरचनामध्ये बाँध, बालुवा थिग्राउने ट्याङ्की, पेनस्टक पाइपको सर्पोट र एङ्कर ब्लक, विद्युतगृह, स्वीचयार्ड आदीको काम अनिल मल्बिगाले थापबिएनटी जेभीले गरिरहेको छ । यस्तै, इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, ढुवानी, जडान तथा परीक्षणको लागि अन्तराष्ट्रिय प्रतिस्पर्धामा चिनियाँ कम्पनी चोङक्विङ वाटर टर्वाइन वक्स् (सिडब्लुटीडब्लु) ले गरिरहेको छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कोभिड–१९ लगायतका कारण आयोजनाको उत्पादन तालिका प्रभावित हुँदा लागत करिब २० प्रतिशतले बढ्ने कम्पनीले जनाएको छ ।

आयोजनाको लगानी बैंकको ऋण तथा स्वपूँजी लगानीबाट जुटाइएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

आयोजनाको मुख्य प्रवर्द्धक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमति पाएको छ । कम्पनीको यो आयोजनाको पनि काम अन्तिम चरणमा पुगेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img