Monday, June 1, 2026
spot_img

फलाखु खोलामा एनआईसी एशिया बैंकको ९५ करोड २० लाख लगानी

spot_img

Share

spot_img

काठमाडाैँ । एनआईसी एशिया बैंकले जलविद्युत् क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने क्रममा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत् आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

यस सम्बन्धमा बैंक र प्रवर्द्धक रसुवा हाइड्रो पावर लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ । आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र कम्पनीका अध्यक्ष दीपक थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकका अनुसार नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यसहित अघि बढाइएको उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक करिब ३८.७४ गिगावाट–घण्टा (GWh) विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ ।

एनआईसी एशिया बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन सुनिश्चित भएको यस आयोजनाले देशमा स्वच्छ ऊर्जा उत्पादन वृद्धि गर्न, ऊर्जा सुरक्षामा योगदान पुर्‍याउन तथा आर्थिक विकास र वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

बैंकले पछिल्लो समय आफ्नो लगानी पोर्टफोलियोलाई विविधिकरण गर्ने रणनीतिअन्तर्गत जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउँदै आएको जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img