Thursday, December 5, 2024
spot_img

ङादी ग्रुपले पायाे १ अर्ब ८५ कराेडकाे हकप्रद निष्काशन अनुमति

spot_img

Share

spot_img

काठमाडाैँ । ङादी ग्रुप पावर लिमिटेडले १ अर्ब ८५ कराेड रुपैयाँ बराबरकाे हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मङ्सिर ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो ।

बाेर्डले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलव २२५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएकाे कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्न पाएकाे छ । कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले लमजुङमा ४.९५ मेगावाटको सिउरी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको छ । आयोजनाले २०६९ साल असोज ३० गतेदेखि निरन्तर विद्युत् उत्पादन गरिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img