Sunday, January 19, 2025
spot_img

लामाबगर–बाह्रबिसे लाइन पनि सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुँदै

spot_img

Share

spot_img

काठमाडौँ । २२० केभी क्षमताको लामाबगर–बाह्रबिसे प्रसारण लाइन पनि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण हुने भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय ग्रिड कम्पनी लिमिटेडले उक्त लाइन पीपीपी मोडलमा निर्माण गर्न लागेको हो ।

कम्पनीले तामाकोसीको सहायक नदी लाप्चे खोला र रोल्वालिङ खोला कोरिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरूको लागि उक्त लाइन निर्माण गर्न लागेको हो । उक्त कोरिडोरमा उत्पादन अनुमतिपत्र लिई विद्युत् उत्पादनको प्रक्रियामा रहेको जलविद्युत् प्रवर्द्धकहरूलाई लाइन निर्माणमा साझेदारी गर्नका लागि कम्पनीले आशयपत्र माग गरेको छ । जलविद्युत् सर्भे तथा उत्पादन अनुमतिपत्रसहित आगामी १५ दिनभित्र आइपुग्ने गरी आशयपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

एमभी दुगड ग्रपको नासा हाइड्रो पावर कम्पनीले १६० मेगावाटको लाप्चेखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसैगरी, यही कोरिडोरमा सानिमा हाइड्रोले ५६ मेगावाटको जुमखोला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । साथै, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले ८८ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

नेपालमा पहिलोपटक पीपीपी मोडलमा २२० केभीको मध्य तमोर–ढुंगेसाँघु प्रसारण लाइन निर्माण गर्ने गरी गत पुस २ गते सम्झौता भएको थियो । राष्ट्रिय प्रसारण ग्रिक कम्पनी र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्मेन्ट कम्पनी (एचआइडिसीएल) बीच सम्झौता भएको थियो । लाइनमा क्रिष्टल पावर डेभलपमेन्ट प्रालि, रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रोे लिमिटेड, युनियन हाइड्रो पावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिको स्वपूँजी लगानी रहनेछ ।

लामाबगर–बाह्रबिसे लाइन सन् २०२७ सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लाइनको निर्माणका लागि सबस्टेसनसहित ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

नेपाल सरकारले सन् ३०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहित तयार भएको मार्गचित्र स्वीकृत भइसकेको छ । यसका लागि आवश्यक प्रसारण लाइन निर्माण गर्न सन् २०३५ सम्म ७ खर्ब रुपैयाँ लगानी आवश्यक पर्नेछ । प्रसारणलाइन निर्माणका लागि आवश्यक पुँजी सरकारी स्रोतबाट जुटाउनु चूनौतीपूर्ण भइरहेको बेला निजी क्षेत्रको सहभागिता मुख्य विकल्प हो ।

याे पनि पढ्नुहाेस्ः ३.८ अर्बकाे मध्य तमोर–ढुंगेसाँघु लाइन ‘बुट’ मोडलमा निर्माण हुँदै

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img