काठमाडौँ । नेपालका लागि बीवाइडी गाडीका बिक्रेता साइमेक्स इन्क प्रालिले माघ १० गते अर्थात बिहीबारदेखि आयोजना गरेको गाडी एक्सचेन्ज फेस्टमा हालसम्म करिब ५ हजार गाडी बुकिङ भइसकेको छ । पुराना जुनसुकै ब्राण्डको गाडीसँग बीवाइडीका नयाँ गाडी साट्न सकिने मेलामा ग्राहकहरूको उत्साहजनक सहभागिता देखिएको छ ।
देशभरका १८ ठाउँमा सञ्चालनमा रहेको मेलामा विभिन्न अफरहरू समेत भएकाेले ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको काठमाडौँको टंगालस्थित आग्रपालीका सिनियर सेल्स म्यानेजर निरञ्जन खनालले बताए । मेलामा ग्राहकले आफुसँग भएको जुनसुकै ब्रान्डका पुराना गाडी मुल्यांकन गराएर बिवाइडीको ब्रान्ड न्यू इभीसँग साटन सक्नेछन् ।

एक्सचेन्ज गर्दा ग्राहकलाई उत्कृष्ट मुल्यांकनका साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निशुल्क प्रिमियम एसेसोरिज र निशुल्क चार्जर जडानको सुविधा समेत दिएको छ ।
उनले यस्तो मेला काठमाडौँ उपत्यकाको ५ स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, बनेपा, नेपालगञ्ज र नारायणघाटमा भइरहेको छ ।

यो मेला आइतबार (हिजो) सम्म मात्रै चल्ने भएपनि आजसम्म बिवाइडीका शोरुमहरूमा सञ्चालन भइरहेको खनालले बताए । ग्राहकले आफ्नो पुरानो गाडी बीवाइडीको, डल्फिन र एम–६ (७ सिटर) सँग एक्सचेन्ज गर्न सक्नेछन् । एट्टो–३ को एउटा गाडीको मूल्य ५६ लाख ९० हजार (सर्ट रेञ्ज) र एउटाको ६७ लाख ८० हजार (लङ रेञ्ज) रुपैयाँ रहेको छ ।

एम–६ मा ७१ किलावाटको ब्याट्री, १०० किलोवाटको मोटर छ । ४४० किलोमिटर रेञ्ज भएको यसको मूल्य ५८ लाख ९० हजार रुपैयाँ रहेको छ । बिवाइडी डल्फिनको मूल्य ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । यसमा ४५ किलोवाटको ब्याट्री, ७० किलोवाटको मोटर र ३४० किलाेमिटर रेञ्ज दिन्छ ।

बिवाइडीले १०० बढी चार्जिङ स्टेसन निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । यसको चार्जिङ स्टेसनका जानकारीका लागि ‘हेरिटेज चार्जिङ पोइन्ट’ प्रयोग गर्नुपर्ने हुन्छ । जसमा चार्जिङ स्टेसन रहेको स्थान, खालि छ की छैन लगायतका चार्जिङ सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध हुन्छ ।
