Sunday, March 23, 2025
spot_img

२२ किलोमिटर लामो १३२ केभी लाइनको काम १७ महिनाभित्र सम्पन्न गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । अर्बिट इनर्जी लिमिटेडले २२.७३८ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनको निर्माण १७ महिनाभित्र सम्पन्न गर्नेगरी अघि बढाएको छ । कम्पनीले संखुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन सभा खोला ‘बी’ को स्विचयार्डदेखि सभा खोला ‘सी’ को स्वीचयार्ड हुँदै सोही जिल्लाको खाँदबारी नगरपालिकामा रहेको सबस्टेसनसम्म लाइन निर्माण गर्न लागेको हो ।

३२.२५ मेगावाटको सभा खोला ‘बी’ र ९.९ मेगावाटको सभा खोला ‘सी’ गरी करिब ४२ मेगावाटका जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न नेपाल विद्युत् प्राधिकरणको सितलपाटी सबस्टेसनसम्म लाइन निर्माण गर्न लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले लाइन निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीको नाममा अनुमति जारी गर्ने अन्तिम चरणको काम गरिरहेको जनाएको छ ।

विभागले लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनिय प्रतिकुल असर पर्ने भएमा आगामी ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा आइपुग्ने गरी लिखित राय सुझाव माग गरेको छ ।

२२.७३८ किलोमिटर लामो लाइनमा ८४ वटा टावरहरू निर्माण गरिनेछ । टावरको उचाँइ अधिकतम ३० मिटरसम्म रहने तथा टावरहरूको बीचको दुरी ५६ मिटरदेखि ५६६ मिटरसम्मको हुनेछ ।

आयोजना निर्माणका लागि कूल ४५.९७४ हेक्टर जमिन आवश्यक पर्दछ जसमध्ये ८४ वटा टावरहरूका लागि स्थायी रूपमा जम्मा ३.३६ हेक्टर जग्गा आवश्यक पर्दछ । यसबाहेक विद्युत् मार्गको अधिकार क्षेत्र अन्तर्गत ४२.२११४ हेक्टर जग्गा आवश्यक पर्नेछ ।

यो लाइन निर्माण सुरु भएको १७ महिनाभित्र सम्पन्न हुनेछ । कम्पनीले आयोजनाको निर्माण अनुमतिका लागि विभागमा २०८१ पुस १४ गते आवेदन दिएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img