Sunday, March 23, 2025
spot_img

अर्बिट इनर्जीको ५० लाख कित्ता सेयर निष्कासन गर्न कुमारी क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

spot_img

Share

spot_img

काठमाडौँ । अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर अंकित मूल्य १०० रूपैयाँका ५० लाख कित्ता साधारण सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा कुमारी क्यापिटल लिमिटेडमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा अर्बिट इनर्जीका तर्फबाट महाप्रबन्धक सुदीप खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

अर्बिट इनर्जीले संखुवासभाको सभापोखरी गाँउपालिकास्थित साभाखोलाको पानी सदुपयोग गरी सभा खोला बी २१.५ मेगावाट र सभा खोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल सामाग्रीहरु जडान गरी अबको वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img