Wednesday, April 30, 2025
spot_img

बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा साइमेक्स इंकलाई अन्तर्राष्ट्रिय सम्मान

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालमा बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले चीनको सेन्झेनमा सम्पन्न ‘बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्स’ मा विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

‘कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड’ भन्ने नाराका साथ आयोजित सो सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका डिलर तथा पार्टनरहरुलाई सम्मान गरिएको थियो । नेपालमा दिगो मोबिलिटी प्रवर्द्धन गर्दै आएको योगदानको कदर गर्दै साइमेक्स इंकलाई ‘अल ब्रान्ड टप सेल्स अवार्ड’, ‘एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड’, ‘२०२४ एक्सिलेन्ट पार्टनर अवार्ड’ तथा ‘टप २० स्टोर अवार्ड’ प्रदान गरिएको हो ।

व्यक्तिगत योगदानको कदरस्वरुप कम्पनीका लुज महर्जन, निराजन खनाल र सनम शेखलाई ‘टप सेल्स अवार्ड’ प्रदान गरिएको छ । साइमेक्स इंकको नेतृत्वमा रहेको डिलर नेटवर्कले पनि विभिन्न अवार्ड हात पारेका छन् । दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्डले ‘२०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड’, चितवनको युरो अटो ग्रिनले ‘२०२४ एक्सिलेन्ट पार्टनर अवार्ड’ र वीरगन्जस्थित निरज अटोमोबाइल्सले ‘२०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड’ प्राप्त गरेका छन् ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले यो सम्मानलाई टिमको समर्पण र नवप्रवर्तनप्रतिको प्रतिबद्धताको परिणाम भन्दै आगामी दिनमा अझ सशक्त भएर अघि बढ्ने बताए । त्यस्तै, टप सेल्स अवार्ड विजेता निराजन खनालले आफूले दिएको योगदानको बीवाईडीले कदर गरेकोमा गर्व र आभार व्यक्त गर्दै, दिगो भविष्य निर्माणमा बीवाईडी एक प्रेरणादायी ब्रान्ड रहेको बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img