काठमाडाैँ । पियोर इनर्जी लिमिटेडले आजदेखि आमसर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो ।
यस निष्काशनमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १०/१० मेगावाटको दुई वटा सोलार आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ।