Friday, July 11, 2025
spot_img

बीवाईडी ईभी ब्याट्रीः मोटर र पार्ट्समा १० वर्षकाे वारेन्टी

spot_img

Share

spot_img

काठमाडौँ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेहिकल (ईभी)मा वारेन्टी नीति ‘कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति’ लागु गर्ने घोषणा गरेको छ । 

बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेहिकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने घोषणा गरेको हो ।

वारेन्टीअन्तर्गत ब्याट्री वारेन्टीमा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा दुई लाख किलोमिटर पुर्‍याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज रहेको बताइएको छ ।

मोटर वारेन्टीमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा दुई लाख किलोमिटर पुर्‍याइएको छ । यसले आफ्ना मूल्यवान् ग्राहकमा लामो समयसम्म मानसिक शान्ति सुनिश्चत गर्ने साइमेक्स इंकले जनाएको छ ।  

होल भेहिकल वारेन्टीमा लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्टलगायत कम्पोनेन्टमा हाल उपलब्ध चार वर्ष वा एक लाख किलोमिटरको वारेन्टी बढाएर पाँच वर्ष वा एक लाख २५ हजार किलोमिटर पुर्‍याइएको छ ।

जनरल भेहिकल पार्ट्स वारेन्टीमा अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटरलगायत विभिन्न पार्ट्सबाहेकका सबै भेहिकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७।५ वर्ष वा एक लाख ८७ हजार ५ सय किलोमिटर पुर्‍याइएको छ ।

यो एक्सटेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनियताप्रतिको बलियो विश्वासलाई झल्काउने कम्पनीले जानकारी दिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img