Friday, July 11, 2025
spot_img

देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा

spot_img

Share

spot_img

काठमाडाैँ । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशव्यापी रुप्मा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ ।

आगामी मे ७ देखि १० अर्थात बैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफर अन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ ।

मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम ६ लिन सक्नु हुनेछ र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिने छ ।

यस अन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।

थप सुविधाको रुपमा, सो चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ ।

सो एक्सचेन्ज क्याम्पेन चितवनको बीवाईडी पार्क, भेल्भेट लक्स होटल, बुटवल, भैरहवाको बोधी रेडसन, बीवाईडी नेपालगन्ज शोरुम, दाङको माला इन, धनगढीको होटल रुबस, विर्तामोडको टाइमलेस मोमेन्ट्स होटल, दमकको बीवाईडी शोरुम, इटहरीको बीवाईडी शोरुम, बीवाईडी शोरुम, विराटनगर, बीवाईडी शोरुम, जनकपुर, बीवाईडी शोरुम, लहान, बीवाईडी शोरुम, वीरगन्ज, पोखराको रोयल महल बैंक्वेट, ललितपुरको सत्कार फाइन डाइन, म्याजेस्टिक बैंक्वेट पेप्सीकोला, रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट कोटेश्वर, ल्यान्डमार्क रिसेप्सन सोल्टिमोड, सेल्सबेरी सातदोबाटो, आम्रपाली बैंक्वेट नक्सालमा आयोजना गरिने छ ।

‘नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img