Thursday, March 12, 2026
spot_img

ईभीमा कर यथावत, चार्जिङ मेशिन उत्पादन र एसेम्बलिङ उपकरण पैठारीमा १ प्रतिशत भन्सार महशुल

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत राखेको छ । बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधी सभामा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको बताए ।

विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न यस्ता सवारीसाधनमा लाग्दै आएका करलाई यथावत राखिएको पौडेलले बताए ।

विद्युतीय सवारी साधनको चार्जिङ मेशिन उत्पादन र एसेम्बलिङ गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्नेे उपकरण पैठारीमा १ प्रतिशत भन्सार महशुल लिइए अन्य कर महशुल नलाग्ने व्यवस्था गरेको छ । साथै, यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img