काठमाडाैँ । केई ईभीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले केई एक्स३ प्रो ईभीको फ्ल्यागसिप टप भेरिएन्टका लागि ‘केई बबाल अफर’ सार्वजनिक गरेका छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ अवधिका लागि याे अफर ल्याइएकाे हाे ।
यस अनुसार सो गाडी अब ३९ लाख ९६ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसको वास्तविक मूल्य भने ४८ लाख ९६ हजार रुपैयाँ हो । यस अनुसार यो गाडीमा एकै पटक ९ लाख रुपैयाँ छुट उपलब्ध हुनेछ । यसका साथमा ग्राहकले ७.३ किलोवाटको चार्जर पाउनुका साथै ८ वर्षको वारेन्टी, ६ वर्षको सर्भिसिङ र स्पेयर टयर पाउने छन् ।








