Sunday, October 5, 2025
spot_img

लगानी जुटेको १३ वर्षसम्म अलपत्र बुढीगंगा मण्डलद्वारा पार

spot_img

Share

spot_img

काठमाडौँ । सुदुरपश्चिम प्रदेशको सेती नदीको सहायक नदी बुढीगंगामा पहिचान भएको २० मेगावाटको बुढीगंगा जलविद्युत् आयोजनाको ठेक्का सम्झौता सम्पन्न भएको छ । विद्युत् विकास विभागले अध्ययन गरेको यो आयोजना १३ वर्षपछि पार लागेको हो ।

१३ वर्षअघि लगानी जुटेर पनि अलपत्र परिरहेको आयोजनालाई जीवछ मण्डलले विभागमा महानिर्देशक भएर आएको २० दिन मै सबै प्रक्रिया पुर्याएर ठेक्का समेत लगाए । मण्डल २०८२ साउन २३ गते विभागमा महानिर्देश भएर आएका थिए ।

यसअघि अर्थात करिब १ वर्षअघि मण्डल विभागको महानिर्देशक हुँदा यो आयोजनाको ठेक्का प्रक्रिया अघि बढाएका थिए । त्यो समयमा मण्डलले बुढीगंगाको ८५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनको सट्टा ४८ किलोमिटर लामो कर्णाली कोरिडोर अन्तर्गत बेतनमा जोड्ने योजना बनाए ।

मण्डलले आफ्नो योजनाको प्रस्ताव आयोजनाको लगानीकर्ता कुबती र साउदी फण्डलाई राखे । उताबाट पनि सकारात्मक भएपछि ठेक्का प्रक्रिया अघि बढेको थियो तर, २०८१ साउन १७ गते मण्डलको सरुवा भयो । फेरि त्यो आयोजना अलपत्र पर्यो ।

मण्डल पुन गत साउन २३ गते विभागको महानिर्देशक भएर आए लगतै बुढीगंगाको सिभिल संरचना निर्माणको ठेक्का लगाए । यो ठेक्का चिनको सिचुवान सुपर पावर इन्जिनियरीङ कन्स्ट्रक्सन र नेपाली ठेकेदार बानियाँ निर्माणले पाएको छ । विभागले ४२ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाएको छ ।

यो आयोजना अघि नबढ्नुको मुख्य कारण थियो ८५ किलाेमिटर लामाे प्रसारण लाइन । प्रसारण लाइनको रुट परिवर्तन गरेपछि ठेक्का पनि लाग्यो र आयोजनाको लागत पनि करिब साढे ४ अर्ब रुपैया घटेको मण्डलले बताए ।

आयोजनाको इलक्ट्रो मेकानिकलको ठेक्का प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । आयोजना पिकिङ रन अफ रिभर प्रकारको हो । आयोजना पूरा भएपछि १०९.६१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । जसमा सुख्खायाममा ७६.०७ गिगावाट घण्टा र वर्षायाममा ३३.५४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img