Tuesday, June 9, 2026
spot_img

भरतपुर महानगरमा भूमिगत विद्युतीकरण ८० प्रतिशत सकियो

spot_img

Share

spot_img

भरतपुर महानगर क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । आगामी माघसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएकामा हालसम्म ८० प्रतिशत काम पूरा भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भरतपुरको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार आयोजनाले भूमिगत विद्युतीकरणसँगै काम सकिएका ठाउँमा परीक्षण प्रसारणस्वरुप विद्युत् प्रवाह सुरु गरेको छ ।

आयोजना क्षेत्रभित्रका ४० प्रतिशत ठाउँमा भूमिगतमार्फत विद्युत् प्रवाह गरिएको उनले जानकारी दिँदै उनले भने, ‘पुस अन्तिम वा माघ देस्रो सातासम्म काम सम्पन्न गर्नेगरी अघि बढेका छौं ।’ अहिले केबल बिछ्याउने, ट्रमिनेसनमा जडान गर्ने, घरघरमा विद्युत् जडान गर्न सर्भिस केबल बिछ्याउने, ट्रान्सफर्मर पोस्ट बनाउने काम गरिएको उनले बताए ।

तीन महिनाभित्र भूमिगतबाट विद्युत् सेवा प्रवाह गर्ने गरी काम अघि बढाएका पनि उनले बताए । भूमिगत प्रसारणबाट विद्युत् प्रवाह गरिए पनि केही समय पोलका तार नहटाइने उनले जानकारी दिए। तार भए पनि विद्युत् प्रसारण नहुने भन्दै उहाँले गर्मी समयमा विद्युत्को क्षमता धान्न सक्ने/नसक्ने हेरेर मात्रै सडक माथिका तार हटाइने बताए ।

केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गर्न थालिएको प्रमुख इञ्जिनियर सुवेदीले उल्लेख गरे । पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरभित्र चनौली लाइन जडानका लागि महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ ।

भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समय एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो। काम थपिएसँगै १० करोड थप गरिएको हो ।

निर्माण ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो। सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो ।

ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पटक–पटक म्याद थप गरेर कामलाई अघि बढाइएको हो । सन् २०२६ जुलाईसम्म म्याद थप गरिएको छ। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । रासस

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img