Sunday, May 24, 2026
spot_img

एनएमबिले ६ करोड अमेरिकी डलरको ‘हरित वण्ड’ जारी गर्दै, नवीकरणीय ऊर्जामा लगानी गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । एनएमबि बैंकले अमेरिकी डलर ६ करोड बराबरको हरित वण्ड जारी गर्ने भएको छ । बैंकले अन्तर्राष्ट्रिय संस्थाहरू आइएफसी, बीआइआइ र मेटलाइफसँगको साझेदारीमा ‘हरित वण्ड’ जारी गर्न लागेको हो ।

यो सहकार्यबाट जलवायु परियोजनामा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको ऊर्जा विकासमा योगदान पुर्‍याउने लक्ष्य बैंकले लिएको छ ।

वण्डबाट उठाइएको रकम सौर्य ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गरिनेछ ।

समझदारीपत्र हस्ताक्षर समारोहमा एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले नवीकरणीय उर्जा क्षेत्रको विकासका लागि यो पहल एक ’पारिवर्तनकारी फड्को’ हुने विश्वास व्यक्त गरे । साथै, विदेशी पूँजी भित्र्याई जलवायु क्षेत्रमा लगानी बढाउँदा पर्यावरणीय प्रभाव न्यूनीकरणमा समेत सहयोग पुग्ने उल्लेख गरे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img