Thursday, October 30, 2025
spot_img

‘प्राधिकरणले २० अर्ब जलविद्युतमा नभई प्रसारण र सबस्टेसन विस्तारमा लगानी गर्नुपर्छ’

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऋणपत्र (बण्ड) मार्फत २० अर्ब रुपैयाँ लगानी जुटाउने तयारी गरिरहेको छ । ठूला क्षमताका जलविद्युत् आयोजनामा लगानी गर्नका लागि प्राधिकरणले बण्ड जारी गर्न मन्त्रिपरिषद्बाट समेत स्वीकृति लिइसकेको छ ।

प्राधिकरणले १०६२ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९.५ मेगावाटको माथिल्लो तामाकोसी, १८ मेगावाटको मोदी लगायतका जलविद्युत् आयोजनामा लगानी गर्न यो बन्ड जारी गर्न लागेको जनाइएको छ ।

तर, प्राधिकरणले ऋणपत्रमार्फत संकलन भएको रकम प्रसारण लाइन तथा सबस्टेसन विस्तार र सुदृढिकरणमा गर्नुपर्ने जलविद्युत् प्रवर्द्धकहरूको भनाई छ ।

अहिले प्राधिकरणले समयमा विद्युतीय संरचना तयार नगरिदिँदा विद्युत् खेर गइरहेको अवस्था छ । साथै, सर्वसाधारणले गुणस्तरीय विद्युत् सेवा उपयोग गर्न सकेका छैनन् । अहिले देशको विद्युत् जडित क्षमता करिब ४ हजार मेगावाटको हाराहारीमा पुगेको छ । विगतमा विद्युत् उत्पादन कसरी बढाउने ? खपत कसरी किफायती बनाउने भन्ने चिन्ता हुन्थेउ भने अहिले उत्पादित विद्युत् कसरी खपत गर्ने एंव आन्तरिक खपत भई बढी भएको विद्युत् कसरी निर्यात गर्ने भन्ने तर्फ ध्यान पुर्याउनुपर्नेछ ।

अहिले प्रााधिकरणले आन्तरिक खपतलाई सन्तुलन मिलाउँदै हाल वर्षातको समयमा बढी भएको विद्युत् भारत र बगलादेशमा निर्यात गरिरहेको छ । अहिले प्राधिकरणले भारत र बंगलादेशमा ११३०.९ मेगावाट विद्युत् निर्यात स्वीकृति पाइसकेको छ । तर यो निकासी नेपालमा खपत नभएर बढी भएको बिजुली भन्दा पनि विद्युत् प्रसारण र वितरण लाइनको उपयुक्त संरचनाको अभावले उत्पादीत बिजुली देशको सबै ठाउँमा पुर्याउन नसकिएको अवस्थाले सिर्जना भएको नतिजा हो ।

यो समस्या समाधानका लागि प्राधिकरणले विभिन्न क्षेत्रमा प्रसारण लाइन निर्माण पनि गर्दै छ तर, समयमा प्रसारण लाइन तथा वितरण प्रणाली तयार नहुँदा समस्या निम्तिएकाे छ ।

अहिले देशको विद्युत् उत्पादन अनुसारको प्रसारण लाइन छैन । प्राधिकरण र जलविद्युत् प्रवर्द्धकबीच ग्रिड कनेक्सन सम्झौताअनुसार प्रवर्द्धकले उत्पादन गरेको बिजुली तोकिएको समयमा प्रसारण लाइनमा जोडन् पाउँदैनन् जसले गर्दा अर्बौ रुपैयाँ आम्दानी गुमाउनु परेको उदाहरण प्रशस्त छन् । विद्युत् उत्पादन प्रशस्त भएपनि अझैपनि देशका नागरीकहरूको घरमा बिजुली पुर्याउन सकिएको छैन । विद्युत् पुगेको स्थानमा कमजोर विद्युतीय संरचना वा कम क्षमताका विद्युतीय संरचनाका कारण गुणस्तरीय बिजुली उपयोग गर्न सकेका छैन ।

विद्युत् उत्पादनदेखि वितरणको चरणमा पुग्दासम्म मुख्य गरी ४ कामः उत्पादन, प्रसारण, वितरण र व्यापार हुन्छ । यो सबै काममा प्राधिकरण संलग्न छ । जसका कारण पनि यस्ता समस्याहरू भइरहेको हुन सक्छ ।

प्राधिकरणले समयमा प्रसारण लाइन तयार नगर्दा र विद्युत् खरिद नगरेको कारण निजी क्षेत्र आफै विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा सहभागी हुन खोजिरहेका छन् । सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा सहभागी गराउने भनेपनि अहिलेसम्म हुन सकेको छैन ।
अहिले विद्युत् उत्पादनमा निजी क्षेत्र प्रशस्त छ । प्राधिकरणले २० अर्ब रुपैयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने योजना बनाइरहेको छ । तर, यो रकम प्रसारण लाइन र सबस्टेसन विस्तारमा लगानी गर्नु जरुरी देखिन्छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img