Thursday, June 25, 2026
spot_img

एमसीसी नेपाल कम्प्याक्टमा थप ५० मिलियन डलर अमेरिकी अनुदान

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल सरकार र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले एमसीसी नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेका छन् । यससँगै कम्प्याक्टको कुल मूल्य ७४७ मिलियन अमेरिकी डलर पुगेको छ । यसमध्ये ५५० मिलियन डलर अमेरिकी सरकारबाट र १९७ मिलियन डलर नेपाल सरकारबाट प्राप्त हुनेछन् ।

नेपालका लागि महत्वपूर्ण प्रसारण लाइन निर्माणको काम सम्पन्न गर्नु, विद्युत प्रणालीलाई सुदृढ बनाउनु र क्षेत्रीय विद्युत व्यापारलाई सक्षम बनाउन याे अनुदान थप गरिएकाे जनाइएकाे छ । ग्रिडको भरपर्दोपन र बजार पहुँच विस्तार गर्दै परियोजनाले अन्तर्राष्ट्रिय ऊर्जा जडान तथा आधुनिक पूर्वाधार निर्माणमा अमेरिकी उत्कृष्टता र राम्रो अभ्यासको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

यससँगै अमेरिकन कम्पनीहरू तथा प्रविधिलाई नेपाली ऊर्जा बजारमा प्रवेश गर्ने थप अवसर खुल्ने पनि एमसीसीले जनाएको छ ।

एमसीसीका अनुसार यो सहयोग नेपाल–अमेरिका दीर्घकालीन साझेदारीको निरन्तरता हो । दुई देशबीच दशकौँदेखि आर्थिक वृद्धि, ऊर्जा सुरक्षाको विकास र पारस्परिक समृद्धिलाई अघि बढाउने साझेदारी रहँदै आएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img