Tuesday, June 30, 2026
spot_img

देउरालीमा पुग्याे पहिलोपटक केन्द्रीय विद्युत्, नियमित आपूर्ति सुरु

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरण, कावासोती वितरण केन्द्रअन्तर्गत पर्ने नवरपरासी (बर्दघाट-सुस्ता पूर्व)काे बुलिङटार गाउँपालिका–४, देउरालीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएकाे छ । राष्ट्रिय ग्रिडकाे बिजुली विस्तार भएसँगै स्थानीय बासिन्दाले नियमित विद्युत् सेवा पाउन थालेका छन् ।

प्राधिकरणले उक्त क्षेत्रमा ९० घरधुरीमा नयाँ विद्युत् मिटर जडान गरी २०८३ साल असार १४ गतेदेखि नियमित रूपमा विद्युत् आपूर्ति सुरु गरेको हो ।

यससँगै लामो समयदेखि केन्द्रीय विद्युत् सेवाबाट वञ्चित स्थानीय बासिन्दाले अब नियमित विद्युत् सुविधा पाउने भएका छन् । विद्युत् सेवा विस्तारसँगै स्थानीयको दैनिक जीवन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, सूचना–प्रविधि तथा साना उद्यम व्यवसाय सञ्चालनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

कावासोती वितरण केन्द्रले आफ्नो सेवा क्षेत्रभित्र विद्युत् पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै दुर्गम बस्तीहरूमा समेत केन्द्रीय विद्युत् सेवा पुर्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img