Thursday, October 10, 2024
spot_img

अडानी ग्रुपको ग्रिन हाइड्रो यात्राः भुटानमा ५७० मेगावाटको प्लान्ट निर्माण गर्दै

spot_img

Share

spot_img

काठमाडौँ । भारतको अडानी ग्रुपले भुटानमा ५७० मेगावाट क्षमताको ग्रिन हाइड्रो प्लान्ट निर्माण गर्ने भएको छ । ग्रुपले भुटानको चुखा प्रान्तमा हरित हाइड्रो प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि सारेको हो ।

ग्रुपका अध्यक्ष गौतम अडानीले एक्समा लेख्दै भनेका छन् ‘भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक तथा प्रधानमन्त्री दाशो शेरिंग तोबगेसँग भेट गरी ग्रिन हाइड्रो प्लान्ट निर्माण गर्न प्रक्रिया अघि बढाइको छ । ग्रिन हाइड्रो प्लान्ट निर्माणका लागि ड्रक ग्रीन पावर कर्पोरेशन लिमिटेडसँग सम्झौता समेत भएको छ ।’

अडानीले भुटानमा जलविद्युत् तथा अन्य पूर्वाधारमा समेत काम गर्न उत्साहित रहेको जनाएको छ ।

समूहले यसअघि विश्वकै ठूलो नवीकरणीय ऊर्जा पार्क निर्माण गरी सञ्चालनमा ल्याएको छ । निर्माण सुरु भएको एक वर्षमै पार्कबाट ५५१ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । यो पार्क पूरै निर्माण पूरा भएपछि ३० गिगावाट विद्युत् उत्पादन हुनेछ ।

नेपालमा विमानस्थल, ठूला जलविद्युत र पूर्वपश्चिम जोड्ने प्रसारण लाइनमा लगानी गर्न अगाडि सरेका अडानी भुटानतर्फ लागेकाे छ । कर्णाली प्रदेशमा पर्ने ४८० मेगावाटकाे फुकोट कर्णाली तथा ४४० मेगावाटकाे तिला-१ र ४२० मेगावाटकाे तिला-२ गरी तीनवटा जलविद्युत आयोजनामा तत्कालै लगानी गर्नसक्ने प्रस्ताव अडानी समूहले गरेको थियो । १० हजार मेगावाटको कर्णाली चिसापानी आयोजना र १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना निर्माणमा पनि अडानी ग्रुपले चासो देखाएको थियो ।

अडानी समूहले नेपालमै पहिलोपटक ७६५ केभी क्षमताको पूर्वपश्चिम प्रसारण लाइन निर्माणको प्रस्ताव पनि गरेको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img