Friday, March 28, 2025
spot_img

चुमचेत स्यारखोलाको इआइए प्रतिवेदन तयार, लागत ९ अर्ब १५ करोड

spot_img

Share

spot_img

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गण्डकी प्रदेशको गोरखा जिल्लामा ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ५ र ६ मा प्रस्तावित आयोजना निर्माण गर्न करिब ९ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयारी पारीसकेको छ । इआइए प्रतिवेदनअनुसार आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको काम निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

आयोजनाको विवरण

प्रस्तावित आयोजना नदी प्रवाह प्रकारको आयोजना हो । यस आयोजनाको संरचनागत अवयवमा यसको कुल हेड ३८२ मिटर, नेट रेटेड हेड ३७१.३९ मिटर, डिजाइन डिस्चार्ज १३.८५ घनमिटर प्रति सेकेण्ड, भूमिगत विद्युतगृह लगायतका संरचना छन् ।

आयोजनाको विभिन्न संरचनाहरू निर्माणको लागि कूल २६.२० हेक्टर जमिन आवश्यक पर्ने छ । जसमध्ये मनास्लु संरक्षण क्षेत्रको २१.०८ हेक्टर र निजी जग्गा ५.१२ हेक्टर आवश्यक पर्ने देखिएको छ ।

आयोजनाको सम्पूर्ण संरचना स्यार खोलाको दायाँ किनारमा रहने गरी डिजाइन तयार गरिएको छ । स्यारखोलाको १३.८५ घनमिटर प्रति सेकेण्ड पानीको बहावलाई गे्रवल ट्रेप हुँदै बालुवा थिग्राउने पोखरीमा पुर्याई सफा पानीलाई ४९३२.३७ मिटर लामो सुरुङमार्फत सर्ज शाफ्टमा पठाईने छ । तत्पश्चात उक्त पानीलाई ७२५ मिटर लामो प्रेसर शाफ्टमार्फत चुमनुब्री गाउँपालिका–६ लोक्पा गाउँ नजिक निर्माण हुने भूमिगत विद्युतगृहमा खसाली पेल्टन टवाईनमार्फत विद्युत् उत्पादन गरिनेछ । विद्युतगृहमा ३ वटा पेल्टन टर्वाइन जडान हुनेछ ।

विद्युत् उत्पादन प्रश्चात निस्केको पानीलाई ३९० मिटर लामो टेलरेस सुरुङमार्फत पुन स्यार खोलामा नै छोडिने गरी डिजाइन तयार पारिएको कम्पनीले जानकारी दिएको छ ।

आयोजना निर्माण पूरा भएपछि २५३.१०२ गिगागाट घण्टा विद्युत् उत्पादन हुनेछ र जसमा सुक्खा मौसमको वार्षिक ७५.९६१ गिगावाट घण्टा, वर्षा मौसमममा १७७.१४१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

उत्पादीत विद्युत् २२० केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लापाङ बिहारथोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img